+

फिफा विश्वकपका लागि स्पेनको टोली घोषणा, रियलका कुनै खेलाडी परेनन्

२०८३ जेठ  ११ गते २०:५२ २०८३ जेठ ११ गते २०:५२
फिफा विश्वकपका लागि स्पेनको टोली घोषणा, रियलका कुनै खेलाडी परेनन्

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ का लागि घोषित स्पेनको अन्तिम टोलीमा इतिहासमै पहिलो पटक रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् ।
  • ला लिगा च्याम्पियन बार्सिलोनाबाट सर्वाधिक आठ खेलाडी टोलीमा समेटिँदा घाइते लामिन यमाल पनि टोलीमा परेका छन् ।
  • स्पेनका प्रशिक्षक लुइस डे ला फुन्तेले पहिलो खेलअघि नै सबै खेलाडी फिट हुने विश्वास व्यक्त गरेका छन् ।

११ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् ।

विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् ।

यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट भने सबैभन्दा धेरै आठ खेलाडी टोलीमा परेका छन् । चोटका कारण केही समय मैदानबाहिर रहेका लामिन यमाल टोलीमा परेका छन् ।

उनी पूर्ण रूपमा फिट नभए पनि विश्वकपसम्म ठीक हुने अपेक्षा गरिएको छ । केही रिपोर्टअनुसार उनले सुरुआतका दुई खेल गुमाउन सक्ने सम्भावना छ ।

यस सिजन लामिन यमालले ला लिगामा १६ गोल र ११ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । स्पेनका प्रशिक्षक लुइस डे ला फुन्तेले टोलीका केही खेलाडीमा फिटनेस समस्या भए पनि पहिलो खेलसम्म सबै उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।

युरोपियन च्याम्पियन स्पेन समूह ‘एच’ मा रहेको छ, जहाँ उसले केप भर्डे, साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनलाई यसपटक उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ स्पेन फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय