+

स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाल टिम च्याम्पियन

२०८३ जेठ  ११ गते २०:४१ २०८३ जेठ ११ गते २०:४१
स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाल टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।
  • अन्तर्राष्ट्रिय जीत कुन्डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न तौल समूहमा स्वर्ण र रजत पदक जितेका हुन् ।
  • प्रतियोगितामा शिवबहादुर थापा प्रमुख जुरी तथा दीपेन्द्र श्रेष्ठ, कुमार बस्नेत र नवराज दनुवार निर्णायकको भूमिकामा रहेका थिए ।

११ जेठ, काठमाडौं । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।

अन्तर्राष्ट्रिय जीत कुन्डो मार्सल आर्ट एसोसिएसनद्वारा आइतबार आयोजित प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न तौल समूहमा स्वर्ण र रजत पदक जित्दै टोलीलाई उपाधि दिलाएका हुन् ।

पुरुषतर्फ विजय थापाले ५० देखि ५५ केजी, अमित थापाले ५५ देखि ६० केजी, सलिल थापाले ५० केजीमुनि, शुसान्त चौधरीले ६० देखि ६५ केजी, सञ्जीव माझीले ६५ देखि ७० केजी तथा पिताम्बर मगरले ७० केजीमाथि तौल समूहमा स्वर्ण पदक जिते । विवेक थापाले ६० देखि ६५ केजी तौल समूहमा रजत पदक हात पारे ।

महिलातर्फ निजला मगरले ४५ केजीमुनि, निलम कोइरालाले ४५ देखि ५० केजी, फुलग्याल्मो तामाङले ५५ देखि ६० केजी तथा जमुना बिकेले ६० देखि ६५ केजी तौल समूहमा स्वर्ण पदक जिते । सारिका नेपालीले ५० देखि ५५ केजी तौल समूहमा रजत पदक जितिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा शिवबहादुर थापा प्रमुख जुरीका रूपमा रहेका थिए । यस्तै दक्षिण एसियाली रेफ्री दीपेन्द्र श्रेष्ठ, कुमार बस्नेत र नवराज दनुवारले पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नेपालको यो सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मार्सल आर्टको प्रतिष्ठा थप उँचो बनाएको छ ।

स्ट्रिट डिफेन्स प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय