+
+

एमसीसीमा अब थप राजनीति नहोस् : विवेकशील साझा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १३:०३

१६ फागुन, काठमाडौं। विवेकशील साझा पार्टीले एमसीसी कम्प्याक्ट सम्झौता राष्ट्र हितलाई मध्यनजर राखेर नभइ निहीत राजनीतिक स्वार्थले पारित भएको टिप्पणी गरेको छ ।

सोमबार पार्टीले विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्ट सम्झौता चरम सत्ता दाउपेचको विषय बनाउँदै व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएको टिप्पणी गरेको हो ।

अब एमसीसीमाथि थप राजनीति गर्न नहुने पार्टीले जनाएको छ । विज्ञप्तिमा भनिउको छ, ‘…अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो। त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन।’

यस्तै चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु मुलुकका लागि शुभ संकेत नभएको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?