+
+

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘हेल्लो जिन्दगी’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १३:४३

१६ फागुन, काठमाडौं । चैत ११ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार युट्युबमा सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु विक्रम डी जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, एभरेष्ट सूर्य बोहरालाई देख्न सकिन्छ ।

चलचित्र व्यापारिक दुनियाँमा सफल भएका विक्रान्तको वरिपरि घुमेको छ । प्रियंकाको विक्रान्तप्रतिको एकोहोरो प्रेम, विक्रान्त र दीपिकाको दोहोरो प्रेम र यसले निम्त्याउने कथामा चलचित्र बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सिर्जना जोशी महर्जन कार्यकारी निर्माता, हीरा जोशी र विक्रम डी जोशी निर्माता छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, विष्णु देवाको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, सूर्य बोहरा र अभिमन्यू निरबीको पटकथा तथा संवाद छ ।

दर्शकले लामो समयपछि अभिनेत्री प्रियंका कार्कीलाई चलचित्रमा देख्न पाउनेछन् । यस्तै चलचित्र ‘छक्कापञ्जा ३’ पछि दीपिकाको यो नयाँ चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?