
१६ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारामा बन्दकर्ताले दूध ढुवानी गर्ने गाडी तोडफोड गरेका छन् ।
शुभारम्भ डेरीको प्रदेश ३–०१००३ क ४८२१ नम्बरको गाडी तोडफोड गरेको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए । दूध ढुवानी गरेर फर्किंदै गरेको सो गाडीमाथि बन्दकर्ताले बिहान ६ बजे आक्रमण गरेको उनले बताए ।
दूध ढुवानी गर्ने सवारी साधनमाथि बन्दकर्ताले गरेको तोडफोडप्रति नेपाल डेरी एसोसिएसनले आपत्ति जनाएको छ ।
दुध तथा दुग्ध पदार्थ ढुवानीमा संलग्न हुने सवारी साधनलाई सरकारले एम्बुलेन्स सरह मान्यता दिए पनि बन्दकर्ताले दूध ढुवानी गर्ने गाडी तोडफोड गरेको दाहालले बताए ।
‘दूध ढुवानीलाई एम्बुलेन्स सरह मान्यता भए पनि बन्दकर्ताले दूध बोक्ने गाडी तोडफोड गरेको छ, यो घटनाप्रति घटनाले नेपाल डेरी एसोसिएसन दुःख ब्यक्त गर्दै उक्त घटनाको घोर भर्त्सना गर्दछ’ एसोसिएनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अत्यावश्यक वस्तु बोक्ने कुनै पनि सवारी साधन माथि तोडफोड नगर्न बन्दकर्तालाई आग्रह गर्दै एोसिएसनले सुकेधारामा तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत माग गरेको छ ।
प्रतिक्रिया 4