+
+

डा. खगराज बरालको ‘दर्शन, शिक्षा र आचरण’ पुस्तक बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १६:१९

१६ फागुन, काठमाडौं । लेखक डा. खगराज बरालको नयाँ पुस्तक ‘दर्शन, शिक्षा र आचरण’ बजारमा भएको छ । शिक्षा सिद्धान्त, नीति र कार्यान्वयनका विषयमा विश्लेषण गर्ने डा. बरालको नयाँ पुस्तकमा दुई खण्ड छन् ।

पहिलो खण्ड दर्शन र आचरणसँग सम्बन्धित छ । यस खण्डमा पूर्वीय दर्शन र आचरण, सदाचार र सुशासनमा वैदिक पूराणको सन्दर्भ, प्रकृति, संस्कृति र संस्कार र दर्शन, आचरण र राष्ट्रसेवक गरी चारवटा अनुसन्धानमूलक लेख रहेका छन् । दोस्रो खण्ड प्राचीन र अर्वाचीन शिक्षासँग सम्बन्धित छ ।

माध्यमिक विद्यालयका शिक्षकदेखि शिक्षा मन्त्रालयको सचिवसम्मको जिम्मेवारी निर्वाह गरेका बरालका यसअघि पनि शिक्षासम्बन्धी थुप्रै पुस्तक प्रकाशित छन् ।  उनका ‘सिकाइ र सहयोग’ ‘शिक्षाको दर्शन, नीति र व्यवहार’, ‘सिकाउने शैली’, ‘शिक्षा र सिकाइः सन्दर्भ विदेशको प्रसंग नेपालको’, ‘शैक्षिक दृष्टार्थ’, ‘केही शैक्षिक प्रबन्ध’, लगायत पुस्तक प्रकाशित भइसकेका छन् ।

कुल २२८ पृष्ठको ‘दर्शन, शिक्षा र आचरण’ पुस्तकको मूल्य ३६० रुपैयाँ तोकिएको छ । पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?