+
+

दाङमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते ९:०८

१८ फागुन, दाङ । दाङमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

घोराही-धारापानी सडकखण्डमा मंगलबार मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा अटो चढ्ने क्रममा मोटरसाइकले ठक्कर दिंदा गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै गढवा गाउँपालिका -२ महादेवा पुल नजिकै कार र मोटरसाइकल एकआपसमा ठोकिंदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीकी छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गम्भीर घाइते भएकी बालिकाका लमही अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।

यस्तै कार र मोटरसाइकल ठोक्किंदा तीन जना घाइते भएका छन् । गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु२च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा४प ३४६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?