
१८ फागुन, काठमाडौं । महँगो लगानीमा बनेर साढे दुई वर्षदेखि रिलिजको पालो पर्खिरहेको चलचित्र हो ‘लप्पनछप्पन २’ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्रले कोरोना महामारीका कारण पीडित हुनुपर्यो ।
एक्सन जनरामा बनेको यो चलचित्रलाई निर्माताले महँगो लगानी गरेका छन् । सुरुवातमा अभिनेता दयाहाङ राई पनि यो चलचित्रमा जोडिएका थिए । तर युरोपमा एक साता बसेर पनि चलचित्रको छायांकन गर्न नसकेपछि दयाहाङले चलचित्र छाडेका थिए ।
युरोपका विभिन्न देशमा खिचिएका कारण पनि चलचित्रको लगानी उच्च छ । त्यसैले महँगो लगानी उठाउन फागुन २० गतेबाट प्रदर्शन हुन लागेको यो चलचित्रलाई चल्नैपर्ने चुनौती छ ।
चलचित्रमा अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।
फागुन १३ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को व्यापार र फागुन २० गते रिलिज हुन लागेको हलिउड चलचित्र ‘ब्याटम्यान’ यो चलचित्रका लागि चुनौती हुनसक्छ ।
अभिनेता अर्पण थापा चलचित्र स्टाइलिस्ट बनेको बताउँछन् । निर्माताले महँगो लगानी गरेर फरक शैैलीको चलचित्र बनाएको भन्दै प्रशंसा पनि गरेका छन् । निर्देशक मुकुन्द भट्टले पनि चलचित्र राम्रो बनेको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4