+
+

‘लगानीकर्ता सचेत नहुँदा सेयर बजार हल्लाकै भरमा घटबढ हुने गरेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १५:०२
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल/फाइल तस्वीर

१८ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पूँजी बजार विकासका लागि साक्षरताको आवश्यकता रहेको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष हमालले बोर्डको मुख्य चुनौतीको रुपमा वित्तीय साक्षरता रहेको उनले बताए ।

पछिल्लो समय सेयर बजार हल्लाको भरमा घढबढ हुने गरेको छ । कसैले बोलेको वा कुनै हल्लाको भरमा बजार घढबढ हुनुको कारण भने सेयर चेतनाकै अभाव रहेको उनले बताए ।

‘वित्तीय साक्षरता असाध्यै चुनौती छ, ठूलो अभियानको रुपमा यो गर्नुपर्नेछ’ अध्यक्ष हमालले भने, ‘सानो तिनो हल्लामा बजार ‘मुभ’ हुने गरेको छ यो साक्षरता नभएरै हो ।’

देशव्यापी रुपमा आम नागरिकमा अब बोर्डले साक्षरता अभियान चलाउने समेत उनले बताए । यो अभियान नेप्से, मर्चेन्ट बैंक, ब्रोकरहरु सबैको सहभागितामा बोर्डको नेतृत्वमा हुने उनले बताए ।

बजारबारे बुझाउन सञ्चारमाध्यमहरुबाट समेत साक्षरता अभियान चलाउनु आवश्यक रहेको उनको भनाइ छ ।

धितोपत्र ऐनलाई समय सापेक्षा बनाउनु पर्ने उनको भनाइ छ । सन् २००६ मा बनेको ऐन अहिले रहेको भन्दै उनले यसलाई समय सापेक्षा बनाउनु पर्ने बताए । ‘ऐन बन्दा बजारको साइज सानो थियो, अहिले धेरै ठूलो भएको छ,’ उनले भने, ‘हिजोको अवस्थामा ऐन ठिक थियो, अब बजारको आकार बढ्यो ऐनलाई पनि सोही अनुसार बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?