+
+

टिकटकमा १० मिनेटसम्मको भिडिओ पोस्ट गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १५:५२

१८ फागुन, काठमाडौं । चिनियाँ भिडिओ एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षहरुमा नेपालमा समेत यसको लोकप्रियतामा वृद्धि भइरहेको छ ।

छोटो भिडिओ प्लेटफर्मको रुपमा यसलाई सबै उमेर वर्गका मानिसले रुचाएका छन् । नेपालमा समेत सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटकमा डेब्यु गरेका छन् ।

तर, अब भने टिकटकले आफ्नो प्लेटफर्ममा १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा उपलब्ध गराएको छ । टिकटकको यो निर्णयलाई लिएर विश्वभरदेखि मिश्रित प्रतिक्रिया पनि मिलिरहेको छ ।

प्रविधि सम्बन्धी समाचार संस्था द भर्जसँग कुरा गर्दै टिकटकका प्रवक्ताले १० मिनेटसम्मको भिडिओ राख्न मिल्नेबारे जानकारी गराएका छन् । यो फिचरको सुरुआत गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको उनले बताएका छन् । यो निर्णयले विश्वभरका क्रिएटरलाई थप रचनात्मक बन्न भूमिका खेल्ने अपेक्षा कम्पनीले लिएको उनले जनाए ।

टिकटकमा सुरुमा १५ सेकेन्डको भिडिओ अपलोड गर्न सकिन्थ्यो । यसपछि ६० सेकेन्डहुँदै तीन मिनेटसम्मको भिडिओ राख्ने सुविधा थपिएको थियो । अन्य भिडिओ सेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्ने रणनीतिले टिकटकले भिडिओको अवधिमा थप गरेको जनाइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?