
१८ फागुन, काठमाडौं । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले सस्तो भएको छ। बुधबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको थियो ।
आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार पाँच सय र तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ पुगेको छ । बुधबार १३ सय ७५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4