+
+

पर्यटन व्यवसाय नवीकरण गर्न फागुन मसान्तसम्मको मौका

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते ११:२९

१९ फागुन, काठमाडौं । बागमती प्रदेश सरकारले कोभिड १९ का कारण आफ्नो व्यवसाय नवीकरण गर्न नपाएका पर्यटन व्यवसायीलाई फागुन मसान्तसम्मको समय सीमा दिएको छ । बागमती प्रदेशभित्रका साविकमा पर्यटन विभागका दर्ता भई अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपत्यका पर्यटन कार्यालयमा दर्ता हुनुपर्ने सबै व्यवसायलाई यस्तो सुविधा दिइएको हो ।

ट्राभल तथा ट्रेकिङ एजेन्सी, होस्मटे, पर्यटक यातायात सेवा, जलयात्रा व्यवसाय, पर्यटकस्तरीय होटेल व्यवसाय यस कार्यालयमा दर्ता हुन्छन् । यसबाहेक टे्रकिङ गाइड, ट्राभल, रिभर गाइड र पोटरको लाइसेन्सको नविकरण छुटेको भए पनि फागुन मसान्तसम्म गर्न सकिने भएको छ ।

कोरोनाका कारण नवीकरण नभएर व्यवसाय नै रद्द हुने अवस्थामा पुगेका सबै व्यवसायीले यसबाट फाइदा लिन सक्ने भएका छन् । नवीकरण नगर्दा स्वतः खारेजीमा परेका सबै व्यवसायीले अब नवीकरण गरि आफ्नो लाइसेन्स निरन्तर राख्न सक्ने कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?