+
+

सत्तारुढ गठबन्धनले थाल्यो चुनावी सहकार्यबारे छलफल

आआफ्ना दलको बैठकपछि गठबन्धनले निर्णय लिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १९:२२

१९ फागुन,काठमाडौं ।  सत्तारुढ गठबन्धनले चुनावी गठबन्धनका लागि आ-आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको थियो । आ-आफ्नो दल दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘जुन कारणले हामीले गठबन्धन बनाएको थियौं। राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता छ ।’ प्रवक्ता कार्कीले भने,‘गठबन्धन अघि बढ्छ। चुनावी गठबन्धनका लागि आ-आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

बैठकले संसदमा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । नागरिकता विधेयक र हवाई उड्ययन विधेयक संसदमा गम्भिर छलफल गर्नुपर्ने विधेयक रहेको कार्कीले बताए ।

‘संसद प्रति नै नकरात्मक धारणा जनताप्रति बन्नसक्छ ।’ सरकारका प्रवक्ता कार्कीले भने,‘संसद बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गर्ने निर्णय गरेको छ ।’

सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएपछि चार दलको बैठक बसेको थियो । एमसीसीमा मात्रै जनमोर्चाको फरक मत रहेकाले अन्य निर्णय प्रक्रियमा उक्त दल पनि सहभागी हुने प्रवक्ता कार्कीले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?