+
+

नेपाल सुपर लिगको अक्सन आज

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ९:५६

२० फागुन, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज लिग फुटबल (एनएसएल) को दोस्रो संस्करणको लागि आज अक्सन हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले क्लबहरूसँग छलफलपछि एनएसएल अक्सन रोक्न आयोजकलाई पत्र पठाए पनि आयोजकले भने अक्सन पूर्वनिर्धारित कार्यक्रम अनुसार नै हुने जनाएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा हुने एनएसएलमा यस पटक तीन नयाँ टिम थपिएका छन् र कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकले आज १० बजे सोल्टी होटलमा अक्सन सुरु हुने भनेर निमन्त्रणासमेत पठाएको छ ।

बिहीबार एन्फा र असन्तुष्ट ८ ए डिभिजन क्लबहरूको छलफलपछि अक्सन तत्कालका लागि रोक्न एन्फाले एनएसइएमलाई पत्र पठाएको थियो । तर आयोजकले भने अक्सनको तयारी गरिसकेको र नरोकिने जनाएको छ ।

अक्सनका लागि आयोजकले एन्फासँगकै सहकरायमा २४२ खेलाडीको सूची सार्वजनिक गरिसकेको छ । जसमा क्याटेगोरी ए मा ४० खेलाडी छन् भने बी र सी क्याटेगोरीमा समान १०१ खेलाडी छन् ।

त्यसअघि नै आयोजकले मार्की प्लेयर अनुबन्ध गर्न सूची सार्वजनिक गरेको थियो । जसबाट अधिकांश फ्रेन्चाइजले मार्की प्लेयर अनुबन्ध गरिसकेको सार्वजनिक गरिसकेका छन् । कही टिमले सार्वजनिक नगरेपनि अनुबन्ध गरिसकेको बुझिएको छ ।

साविक विजेता काठमाडौं रेजर्सले विकेश कुथु र बालगोपाल महर्जनलाई नै मार्की प्लेयर र प्रशिक्षकमा निरन्तरता दिएको छ भने साविक उपविजेता धनगढी एफसीले पनि विशाल राईलाई मार्की र युगल किशोर राईलाई प्रशिक्षकमा निरन्तरता दिएको छ ।

यस्तै विराटनगर सिटी एफसीले मार्कीमा रन्जित धिमाललाई निरन्तरता दादै प्रशिक्षकमा विष्णयु गुरुङलाई अनुबन्ध गरेको छ । पोखरा थण्डर्सले मार्कीमा सुजल श्रेष्ठलाई अनुबन्ध गर्दा प्रशिक्षकमा नविन न्यौपानेलाई निरन्तरता दिएको छ । बुटवल लुम्बिनी एफसीले विशाल श्रेष्ठलाई मार्कीमा निरन्तरता दिंदा  प्रशिक्षकमा अनन्त राज थापालाई भित्र्याएको छ ।

थपिएको नयाँ टिम झापा एफसीले अन्जन विष्टलाई मार्की प्लेयरमा अनुबन्ध गरिसकेको छ भने प्रशिक्षकको नाम सार्वजनिक गरिसकेको छैन ।

यस्तै ललितपुर सिटी एफसीले विमल घर्ती मगरलाई मार्की प्लेयर अनुबन्ध गर्ने तयारी गरे पनि सार्वजनिक गरेको छैन । यस्तै एफसी चितवनले प्रशिक्षकमा फुजा तोपेलाई भित्र्याएको छ । मार्की प्लेयर भने सार्वजनिक भएको छैन ।

दुई नयाँ टिम स्पोर्टिङ इलाम डे मेची र वीरगञ्ज युनाइटेडले पनि मार्की प्लेयर सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?