+
+

माओवादीको केन्द्रीय समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १३:२४

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो ।

बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने छ ।

गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो । तिनै केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि माओवादीभित्र विवाद छ । एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुको विमती छ ।

बैठक सुरु हुनुअघि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेता मातृका यादवले भने महाधिवेशनको निर्णय अनुसार नै एमसीसी अनुमोदन गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?