
२० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका-६ रामहिटीस्थित प्रेमबहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रेमबहादुर समेत १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको
छ ।
उक्त घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4