+
+

सलमानको ‘टाइगर ३’ अप्रिल २१ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १५:५३

२० फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी वर्षको इद अर्थात् अप्रिल २१ मा रिलिज हुनेछ ।

सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्मलाई लिएर प्रशंसकहरु निकै उत्साहित देखिएका छन् भने सलमानका साथमा कट्रिनाले पनि फिल्ममा कडा मेहनत गरेकी छन् । सार्वजनिक गरिएको टिजरमा कट्रिनाको जबरजस्त एक्सन देख्न सकिन्छ ।

यो फिल्म सलमानको एक्सन टाइगर सिरिजको तेस्रो भाग हो । ‘टाइगर ३’लाई मनिष शर्माले निर्देशन गरेका हुन् । फिल्मको छायांकन हालै दिल्ली र आसपासका क्षेत्रमा पूरा गरिएको हो । यसअघि यो फिल्मलाई रुस र टर्कीमा पनि खिचिएको छ ।

‘टाइगर ३’मा अभिनेता इमरान हासमी पनि मुख्य भूमिकामा देखिंदैछन् । यसका अघिल्ला सिरिज सन् २०१२ मा ‘एक था टाइगर’ र त्यसपछि ‘टाइगर जिन्दा है’ रिलिज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?