
२० फागुन, सिन्धुपाल्चोक । चौतारा सागाँचोकगढी नगरपालिका-१२ खहरे केराबारीछापस्थित सडकमा बा.२ क ६६१८ नम्बरको जेसिबि दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सडक भासिएर करिब १०० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जेसिबिका सहचालक महोत्तरी बर्दिबास नगरपालिका-६ का १८ वर्षीय रोहित आलेमगरको घटनास्थलमै मृत्यु भएको हो ।
जेसिबिका चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4