+
+

कान्स फेस्टिभल र एमी अवार्डमा रुसी फिल्मलाई बहिष्कार गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १७:५५

२० फागुन, काठमाडौं । युक्रेन र रुसबीच अहिले युद्ध जारी छ । यो लडाइँका कारण रुसको मनोरञ्जन उद्योग समेत प्रभावित बनेको छ । डिज्नी र नेटफ्ल्क्सिपछि अब चर्चित एमी अवार्ड र कान्स फिल्म फेस्टिभलले पनि रुसी फिल्मलाई बहिष्कारको घोषणा गरेका छन् ।

द नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एण्ड साइन्सेज अर्थात् एमी अवार्ड २०२२ ले विज्ञप्ति जारी गर्दै रुसी फिल्मलाई बहिष्कार गर्ने निर्णय गरेको छ । रुस सरकारद्वारा लगानी भएका फिल्मलाई मनोनयनमा सहभागी नगराउने निर्णय एमीले गरेको छ ।

एमी अवार्ड्स सामाजिक सञ्जालमा सूचना पोस्ट गर्दै रुस सरकारसँग जोडिएका र उसको लगानीमा सञ्चालित कुनै पनि व्यापारमा भाग लिन नसकिने जनाएको छ । यस वर्षको संस्करणमा सबै रुसी फिल्मलाई अयोग्य घोषणा गरिएको एमीले जनाएको छ ।

एमीसहित विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलले पनि रुसी फिल्मलाई बहिष्कार गर्ने घोषणा गरेको छ । आगामी मे महिनामा हुने कान्सको संस्करणमा रुसी डेलिगेसन टोलीलाई स्वागत नगरिने निर्णय कान्सले गरेको छ ।

युद्ध अन्त्य नगरिएसम्म रुसी फिल्मलाई कान्समा भाग लिन अनुमति नदिइने समेत उल्लेख छ । डिज्नीले पनि आफ्नो ठूलो फिल्म टर्निङ रेडलाई रुसमा रिलिज नगर्ने निधो गरेको छ । यसअघि वार्नर ब्रोजले पनि द ब्याटम्यानको रुस रिलिज स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?