+
+

तीन दिने नेपाल फेसन फेस्टिभल सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते २१:०१

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ ।

‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलालाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ फेसन नेटवर्क नेपालले शुक्रवारदेखि आइतबारसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभलको आयोजना गरेको हो ।

आयोजक संस्थाका संस्थापक निर्देशक प्रशान्त ताम्राकारका अनुसार नेपाल फेसन फेस्टिभलमा अपेक्षा गरिएको भन्दा बढी सहभागिता भएको छ । ‘तीन दिनको अवधिमा हाम्रो फेस्टिभलमा करिव सात हजार बढीले अवलोकन गर्नु भएको तथ्यांक छ, निर्देशक ताम्राकार भन्छन्, ‘लामो गृहकार्यपछि हामीले जुन उद्देश्यले यो फेस्टिभल आयोजना गरेका थियौं, त्यसमा धेरै हदसम्म सफल पनि भयौं ।’

आयोजक संस्थाका अर्का संस्थापक शेखरराज कसजुका अनुसार फेस्टिभलमा युवासहित हरेक उमेर समुहका व्यक्तिले अवलोकन गरेको, स्टलमा फेसनदेखि जीवनशैली र स्वास्थ्य सेवा लिएको तथा प्यानल छलफलदेखि रनवे फेसनबाट मनोरञ्जन लिएका थिए ।

फेस्टिभलमा करिव ८० वटा स्टलमार्फत पहिरनदेखि गरगहना, मेकअपदेखि स्वास्थ्य सेवा, शिक्षादेखि खानाका परिकारसम्म सजिएका थिए ।

फेस्टिभलको पहिलो दिन ‘द आर्ट अफ इन्फ्ल्यूएन्स : हाउ मेकअप ट्रान्सफर्म योर सोसल मेडिया गेम’ (दिव्या वैद्य), दोस्रो दिन ‘फेसन बिजनेस एसेन्सियल्स : मार्केटिङ, ब्राण्डिङ एण्ड रिटेल स्ट्राटेजिज’ (राइसा श्रेष्ठ), फेसन स्टाइलिङः क्राफ्टिङ युनिक लूक्स फर एडिटोरियल, रनवे एण्ड एभ्रीडे वेयर’ (पुरन जोशी) तथा तेस्रो दिन फेसन राइटिङ एण्ड क्रिटिसिज्म : क्राप्टिङ, कम्पेलिङ फेसन न्यारेटिभ्स’ (चारु चड्डा) विषयमा मास्टर क्लास तथा वर्कशप सञ्चालन गरिएको थियो ।

फोटो टक सेसनमा गौतम धिमाल, राजभाइ सुवाल, राजु भण्डारी, सुसन श्रेष्ठ तथा प्रवण जोशी सहभागि भए ।

दोस्रो दिन ‘डाइभर्सिटी एण्ड इन्क्लूजन इन द फेसन इन्ड्रष्ट्रिज : रिप्रजेन्टेशन म्याटर्स’ विषयमा छलफल चलाइयो भने तेस्रो दिन ब्रिजिङ द ग्याप बिटविन एकेडेमिक एण्ड इन्डष्ट्रिज डिमाण्डस’ विषयमा छलफल गरियो । यो सेसनमा शैलजा अधिकारी, शेखर राज कसजु तथा मुक्ता श्रेष्ठ सहभागि भए ।

प्रशान्त ताम्राकारको नेतृत्वमा तीन दिनसम्म हरेक साँझ आयोजित डिजाइनर रनवेमा दर्शकहरुको घुईँचो नै लागेको थियो । डिजाइनर रनेवेमा नमूना फेसन कलेज, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनदेखि इन्टा अटायर, हेमास बुटिक, जूजू, रेजभोल कस्टेटिक्स, जेबिजी बीस्पोक, हेमाज बुटिक, इन्ता अटाएर, लोगो फेसन, नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर, मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स (मेहाका पहिरन), जुजु÷करुणा आदि संस्थाले तयार पारेका पहिरनहरु विभिन्न मोडलले प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?