+
+

सामसुङले रुसमा रोक्यो फोन र चिप्सको बिक्री, युक्रेनमा ६० लाख डलर सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते ९:१९

२१ फागुन, काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले रुसमा आफ्ना फोन र चिप्स बिक्रीमा रोक लगाएको छ । साथै युक्रेनमा मानवीय सहायताका लागि ६० लाख डलर खर्च गर्ने निर्णय पनि गरेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछिको भूराजनीतिक स्थितिलाई मध्यनजर गर्दै यो निर्णय लिएको सामसुङले जनाएको छ । कम्पनीले भनेको छ– यस जटिल स्थितिलाई नजिकबाट नियालिरहने छौं र त्यसपछि थप कुनै निर्णय लिने छौं ।

सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो । त्यसपछि सबैभन्दा धेरै चीनको शाओमी र अमेरिकाको एपलका फोन बिक्री हुन्छन् ।

यसअघि गत शुक्रबार माइक्रोसफ्टले रुसमा आफ्ना सामान बिक्री नगर्ने निर्णय गरेको थियो ।

हर्मिस, केरिङ्ग, शेनल लगायतका विलासिताका सामान उत्पादन गर्ने फ्रान्सेली कम्पनीहरुले पनि रुसमा आफ्ना पसलहरु बन्द गरिसकेका छन् ।

कार्ल्सबर्ग बियर उत्पादन गर्ने डेनर्माकको कम्पनीले पनि रुसमा हुने निर्यात रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?