+
+

तिलोत्तमाको सुपौलीमा ब्याडमिन्टन प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते १९:५३

२१ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा–१४ सुपौलीमा महेश राना स्मृति मेन्स डबल तथा भेट्रान्स खुल्ला ब्याण्डमिन्टन प्रतियोगिता सुरु भएको छ ।

लुम्बिनी स्पोर्टस् क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा मेन्स डबलतर्फ ३२ र भेट्रान्स खुल्लातर्फ १८ गरी ५० टिमको सहभागिता रहेको छ ।

लुम्बिनी स्पोर्टस् क्लबको आफ्नै नव निर्मित कभर्ड हलमा सञ्चालित प्रतियोगिताको शनिबार तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले राज्यले गर्नुपर्ने खेल पुर्वाधार निर्माणको काम क्लबले आफै रकम जुटाएर कभर्ड हल बनाउनु र प्रतियोगिताहरु आयोजना गर्नु उदाहरणीय र सह्राहनीय भएको बताए ।

मेन्स डबलका विजेतालाई क्रमशः २० हजार,१० हजार र ५ हजार तथा भेट्रान्सतर्फका विजेतालाई क्रमशः १० हजार,५ हजार र ३ हजार रुपैयां नगद पुरस्कार प्रदान गरिने क्लबका सचिव विष्णु दगामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?