+
+

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च

प्रतिब्यारेल मूल्य १३० डलर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १२:४८

२३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको आर्थिक डिजिटल पत्रिका ब्लुमबर्गले जनाएको छ । जुन सन् २००८ पछिकै उच्च बिन्दु हो ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रुसविरुद्ध पश्चिमा मुलुकहरुको प्रतिबन्धहरु कडा हुँदै जाँदा तेलको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसको तेल नकिन्न अमेरिकालाई चौतर्फी दबाब सृजना भइरहेका बेला कच्चा तेलको मूल्य यसैमहिना २ सय डलर पुग्ने अनुमान व्यापारीहरुले गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारबाट खरिद गरेको कच्चा तेललाई प्रशोधन गरेर त्यसैअनुसारको लागत थपेर भारतले नेपालाई बिक्री गर्छ । जीटूजी सम्झौता अनुसार खरिद गरिएको तेलको मूल्यमा अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धि अनुसार कै मूल्य बढ्ने भएकाले कच्चा तेलको मूल्य वृद्धिले नेपाली बजार पनि प्रभावित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?