
२४ फागुन, काठमाडौं । भारतसँग रासायनिक मल खरिदका लागि भएको सम्झौताअनुसार मूल्य निर्धारण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ९ सदस्यीय कार्यदल सिफारिस गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखा प्रमुख सहसचिव कमलराज गैरले नेतृत्व गर्नेगरी कार्यदल गठनको सिफारिस मन्त्रिपरिषदमा पठाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
समितिमा अर्थ, वाणिज्य, गृह, कानुन लगायतका मन्त्रालयबाट एकएक जना प्रतिनिधी सदस्य रहनेगरी कार्यदल गठनको प्रस्ताव गरिएको कृषिमन्त्री महेन्द्रराय यादवले जानकारी दिए ।
मन्त्रिपरिषद्ले कार्यदलको टुंगो लागेपछि कार्यदलले भारतीय पक्षसँग नेपालले खरिद गर्ने मलको मूल्यबारे वार्ता र छलफल गरेर अन्तिम निर्णयमा पुगिने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4