+
+

महिलालाई पुरूषसरह अधिकार चाहिन्छ : अष्टलक्ष्मी शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १९:३७

२४ फागुन, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले ३३ प्रतिशत मात्रै अधिकार नभएर ५० प्रतिशत अधिकार पाउनु पर्ने बताएकी छिन् ।

मंगलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले अब महिलालाई ३३ प्रतिशत मात्रै अधिकार नभएर पुरुषसरह ५० प्रतिशत अधिकार पाउनु पर्ने बताइन् ।

उनले नेपालको कूल जनसख्याको आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनु पर्ने बताइन् । उपाध्यक्ष शाक्यले महिलाहरु इमान्दार, जवाफदेही, पारदर्शी कुशल भएकाले अबको स्थानीय तहदेखि मुलुक हाक्ने तहसम्म महिलाहरुले आफुलाई सक्षम बनाउनु पर्ने जिकिर गरिन् ।

उनले महिला÷पुरुष समान रहेकाले महिलालाई हिंसा, विभेद, असमान्ता र दुर्व्यवहार गर्ने सम्पूर्ण कुराहरु समाप्त गर्दै महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक बनाउन जरुरी रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘महिलाहरु स्वयम इमान्दार,जवाफदेही, पारदर्शि र कुशल पनि छन् । त्यसो भएकाले अब स्थानीय तह देखि मुलुक हाक्ने तहसम्म महिलाहरुले आफूलाई सक्षम बनाउनुपर्‍यो, अधिकार सम्पन्न बनाउनुपर्‍यो। अब महिलाहरु त्यो स्थान बनाउनको लागि अगाडि बढ्नुपर्छ । महिला पुरुष सम्मान छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?