+
+

एमसीसीको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्छ : खनाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १५:०६

२५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्नै उनले भने, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्छ । यसलाई सम्झौताको अंग बनाउनुपर्छ ।’

यही फागुन १५ गते प्रतिनिधिसभाले १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै एमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, उक्त घोषणालाई अमेरिकाले स्वीकार वा अस्वीकार गरेको केही भनेको छैन् । यही बेला नेता खनालले सम्झौताको अंग बनाउनुपर्ने बताएका हुन् ।

‘जस्ताको तस्तै कार्यान्वयन भए चीन विरोधी हुन्छ’

नेता खनालले नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग नबनाई जस्ताको तस्तै कार्यान्वयनमा लगिए एमसीसी कम्युनिस्ट र चीन विरोधी हुने टिप्पणी गरे ।

‘एमसीसी अब कसरी कार्यान्वयन हुन्छ । यसले व्याख्यात्मक घोषणाको अर्थलाई प्रष्ट्याउँछ’ उनले भने, ‘अहिले कै शर्तमा कार्यान्वयन भयो भने यो कम्युनिस्ट र चीन विरोधी हुन्छ ।’

व्याख्यात्मक घोषणलाई नमान्दा एमसीसी एकलौटी सम्झौताजस्तो हुने र नेपालको भन्दा अमिरिकी हितलाई माथि राखिएको हुन जाने खनाल बताउँछन् ।

साथै व्याख्यात्मक घोषणालाई मान्दा एमसीसीको नाममा विवाद गर्ने कुरा अब नरहेको उनले बताए । ‘एमसीसीमै केही कुरा भए पनि चुनावसम्म स्थगन गरौं’ खनालको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?