+
+

टेस्ट सेन्टर नेपालको व्यावसायिक दूतमा मलिका  

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १६:०८

२५ फागुन, काठमाडौं । हिमाअस एजुकेसन कन्सल्टेन्सी अन्तर्गतको टेस्ट सेन्टर नेपालको व्यावसायिक दूतमा अभिनेत्री तथा मोडल मलिका महत नियुक्त भएकी छन् । कम्पनी र अभिनेत्री महतबीच एक वर्षको लागि सहमति भएको छ । दूत भएबापत मलिकाले संस्थाको व्यावसायिक प्रवर्द्धन गर्ने भएकी छन् ।

संस्थाले विद्यार्थीहको शैक्षिक जाँच लिनुका साथै तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई लक्षित गर्दै  भाषा परीक्षाहरु आईएलटीएस, पीटीई, टोफेलजस्ता कक्षा उक्त कन्सल्टेन्सीमा हुने जनाइएको छ  ।

विद्यार्थी उमेरका फ्यानमाझ सेलिब्रेटीको छवि बनाएकी महतलाई दूतमा नियुक्त गरेसँगै बजार प्रवर्द्धनमा थप सहयोग हुने आशा लिइएको कम्पनी सञ्चालक राजमान थकालीले बताए । ‘मलिका विद्यार्थीमाझ सेलिब्रेटी छवि बनाएकी अभिनेत्री हुन् । उनीसँगको सहकार्य कम्पनीका लागि फलदायी हुने अपेक्षा हामीले गरेका छौं,’ थकालीले भने ।

अभिनेत्री महतले पनि यो शैक्षिक परामर्श केन्द्रमा आबद्ध हुन पाउँदा खुसी लागेको बताइन् । ‘यो मेरो लागि पनि खुसीको कुरा हो । मैले मेरो तर्फबाट कम्पनीको प्रचार र बजार प्रबर्द्धनमा सहयोग पुग्ने सम्पूर्ण क्रियाकलाप गर्नेछु,’ उनले भनिन् ।

काठमाडौं, पोखरा, इटहरी, चितवन लगायतका स्थानबाट विद्यार्थीले हिमाअस र टेस्ट सेन्टर नेपालबाट पाउने सुविधा लिन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?