+
+

‘अगस्त्य’को क्यारेक्टर पोस्टरमा मलिका बनिन् चाँदनी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १९:५६

काठमाडौं । फागुन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले अभिनेत्री मलिका महतको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

अभिनेताद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअपपछि निर्माताले सोमबार अभिनेत्रीको पोस्टर ल्याएका हुन् ।

निर्माताले टिजर रिलिजको ३ दिन अगाडि अभिनेत्री महतको लुक्स सार्वजनिक गरेका हुन् । फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् । यद्यपी, उनको भूमिकाबारे खुलाइएको छैन ।

सौरभ चौधरी निर्देशित फिल्ममा निर्देशक निश्चल बस्नेतको समेत अभिनय छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?