+
+
Shares

१०५ अंक घट्यो सेयर बजार, ७ कम्पनी घटे १० प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सेयर बजारको नेप्से परिसूचक १०५.५० अंक (३.७९ प्रतिशत) घटेर २६७६ अंकमा कायम भएको छ।
  • नयाँ सरकार गठनपछि व्यवसायीमाथि धरपकड सुरु भएसँगै सेयर बजारमा त्रास बढेको स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिँजापतिले बताए।
  • आइतबार कारोबार रकम १२ अर्ब ३८ करोड पुगेको छ भने ७ कम्पनीको मूल्य बढेको र २६१ कम्पनीको मूल्य घटेको छ।

२२ चैत, काठमाडौं । आइतबार सेयर बजार भारी अंकले घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ ।

गत बिहीबार नेप्से ५.८२ अंक नेप्से बढेको थियो । समग्रमा नयाँ सरकार गठन भएपछि सेयर बजार २८४ अंक घटेको छ । सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको थियो ।

नयाँ सरकार गठन भएपछि व्यवसायीमाथि धरपकड सुरु भएसँगै बजार बढी त्रसित देखिएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्द्र सिँजापति बताउँछन् । ‘बजारको ठूलो सेयर ठूला व्यवसायीले नै होल्ड गर्छन्, जब धरपकड हुन थाल्यो, त्यसले बजारमै एउटा त्रास बढेको देखिन्छ’ उनले भने, ‘यति धेरै डराउनुपर्ने अवस्था होइन ।’

बजार उच्च अंकले घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ८१ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३८ करोडको भयो ।

७ कम्पनीको मूल्य बढ्यो, २६१ को घट्यो । अन्य समूह सबैभन्दा धेरै ६.०९ प्रतिशत बढ्यो । यो समूहमा सूचीकृत दुई पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरले गर्दा समूह बढी प्रभावित भएको हो ।

बैंकिङ ३.३२, विकास बैंक ४.३२, फाइनान्स ३.९४, होटल तथा पर्यटन ३.०४, हाइड्रोपावर ४.८४, लगानी ३.३२, जीवन बीमा ३.५९, उत्पादन तथा प्रशोधन १.३३, माइक्रोफाइनान्स ३.४३, निर्जीवन बीमा ३.८६ तथा व्यापार ३.५८ प्रतिशत घटे ।

६ नयाँ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

७ कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ । १० प्रतिशत घटेका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जी छन् । त्यस्तै नेपाल पुनर्बीमाको ९.६२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, ङादी ग्रुप, नेसनल हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?