+
+

नाटक ‘पागल घोडा’मार्फत रंगमंच डेब्यु गर्दै अभिनेत्री मलिका महत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १२:२०

काठमाडौं । अभिनेत्री मलिका महतलाई आउँदो वर्ष फाप्ने देखिन्छ । फिल्म ‘सतीदेवी’मा निर्वाह गरेको भूमिकालाई लिएर चर्चा बटुलेकी उनले रंगमंच डेब्यु गर्दैछिन् । उनको पहिलो नाटक ‘पागल घोडा’को मंचन पुस १२ गतेदेखि मण्डला थिएटरमा हुँदैछ ।

मानसिक स्वास्थ्यको कथावस्तु पेश गर्ने यो नाटकमा मलिकासहित आशान्त शर्मा, प्रमोद अग्रहरि, विजय ताम्राकार र अभिनेत्री केकी अधिकारीका भाई विम्वले अभिनय गर्दैछन् । अहिले रिहर्सल भैरहेको नाटकमा मलिकाले रंगमंच कला सिकिरहेकी छन् ।

अभिनेता शर्माका अनुसार यो नाटक मलिकाको लागि खास हुनेछ । चार दमदार चरित्रमा उनी पेश हुन लागेको आशान्तले बताए । ‘उनले राम्रो काम गरेकी छन् । चार दमदार चरित्रमा उनलाई देख्न सकिन्छ’ मलिकाको प्रशंसामा आशान्त सुनिए ।

यो नाटकलाई बंगालको नाट्य क्षेत्रका चर्चित बादल सरकारले लेखेका हुन् । घनश्याम श्रेष्ठ निर्देशक हुन् । ‘समाजमा पुरुष सोच जुन हावी छ, त्यसबाट पार नपाउँदा धेरैजना मानसिक समस्याबाट गुज्रिएका छन् । प्रेम नै हो जसले बाँध्ने बाटो देखाउँछ । प्रेमलाई प्रतीकको रुपमा दर्शाइको छ’ आशान्तले भने ।

मानसिक स्वास्थ्यको सान्दर्भिकतामा यो नाटक महत्वपूर्ण हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?