+
+
Shares

भ्यालेन्टाइन्स मुड जगाउने फिल्म ‘अगस्त्य’को गीत ‘मायामा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १७:४८

काठमाडौं । फागुन १८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अगस्त्य’ले भ्यालेन्टाइन्स डेको छेकोमा रोमान्टिक गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरेको छ ।

गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ । योगीको संगीत रहेको गीतमा सबिन एकतारेको शब्द छ । गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायत फिचर्ड छन् ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ ।

फिल्मको ट्रेलर र गीतले दर्शकलाई कौतुहल तुल्याउने निर्देशक चौधरीले बताए । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।

यो फिल्म सो मितिमा नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको तयारी छ । अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुने सेभेन सिजले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?