+
+
Shares

कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसमबारे ब्रिफिङ, पूर्वतयारी कस्तो छ ?

चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यवाहक प्रधानमन्त्री वाग्लेसमक्ष गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले बुधबार अर्थ मन्त्रालयमा यस साताको अनुमानित मौसम र पूर्वतयारीबारे जानकारी लिएका छन्।
  • डा.अर्चना श्रेष्ठले बङ्गालको खाडीको न्यूनचापीय प्रणाली र मनसुनी वायु सक्रियताका कारण नेपालभर उच्च सतर्कता जारी गरिएको जानकारी गराइन्।
  • डा.धर्मराज उप्रेतीले २४ घण्टा सूचना डेस्क सञ्चालन र सम्भावित जिल्लाका निकायसँग समन्वय भइरहेको बताए।

७ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी लिएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठसँग उनले मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन् ।

सो क्रममा बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (Deep Depression) र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता (High Alert) जारी गरिएको महानिर्देशक डा. श्रेष्ठले जानकारी गराए ।

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले जानकारी गराए ।

आइतबारदेखि मौसममा सुधार हुने अनुमान रहेको समेत सो क्रममा जानकारी गराइएको थियो ।

प्राधिकरणले पनि यो अवधिमा सतर्क रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?