News Summary
Generated by OK AI. Editorially reviewed.- सिबिफिन महासचिव मनोज गोयलले बैंकिङ क्षेत्रमा नयाँ लगानीकर्ता प्रवेश गराउन र पुराना लगानीकर्ता बाहिरिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
- उनले बैंकिङ क्षेत्र अहिले ठिक ठाउँमा रहेको र अर्थतन्त्र चलायमान भए चुनौती पार गर्न सकिने बताएका छन् ।
- गोयलले एसेट म्यानेजमेन्ट कम्पनी पुस मसान्तसम्म ल्याउने भनिए पनि कानुनी र नीतिगत छलफल नभएको बताएका छन् ।
७ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) महासचिव मनोज गोयलले बैंकिङ क्षेत्रमा नयाँ लगानीकर्तालाई प्रवेश दिनुपर्ने बताएका छन् ।
पुराना लगानीकर्तालाई बाहिरिने र नयाँलाई प्रवेश गराउने नीति नेपाल राष्ट्र बैंकले लिनुपर्ने उनको सुझाव छ ।
गोयलले बैंकिङ क्षेत्रका पुराना लगानीकर्ताले लगानी परिवर्तन गर्न चाहेको बताए । सिबिफिनको छलफल कार्यक्रममा गोयलले नयाँ सोचले बैंकिङ क्षेत्रको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए ।
महासचिव गोयलका अनुसार बैंकिङ क्षेत्र पहिलाभन्दा केही चुनौतीपूर्ण अवस्थामा पुगेको भए पनि उठ्नै नसक्ने अवस्थामा पुगेको भने होइन ।
‘बैंकिङ क्षेत्र अहिलेसम्म ठिक ठाउँमा छ,’ उनले भने, ‘अर्थतन्त्र चलायमान भएको खण्डमा अहिले देखिएका चुनौतीलाई पनि पार गर्छ,’ उनले भने ।
पहिला उत्पादनमूलक क्षेत्रमा लगानी नजाँदा केही समस्या भएको हुन सक्ने उनको भनाइ छ । अबका दिनमा बैंकहरूले बाटो नबिराएको खण्डमा डराउनु नपर्ने उनको धारणा छ ।
राष्ट्र बैंकले वित्तीय क्षेत्र सुधारका लागि भए पनि पुराना सेयरधनीलाई सेयर बिक्री गर्ने अवसर प्रदान गर्नुपर्ने सुझाव उनले दिए ।
एसेट म्यानेजमेन्ट कम्पनी पुस मसान्तसम्म ल्याउने भनिए पनि हालसम्म कानुनी तथा नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल नभएको उनले बताए ।
अहिले वित्तीय क्षेत्रका निक्षेपकर्ता डराउनुपर्ने वा गम्भीर हुनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । उनले सरकारी स्वामित्वमा जाने पूर्वाधार आयोजनामा बैंकहरूले गरेको लगानी के हुन्छ भन्ने कुरा स्पष्ट हुनुपर्ने धारणा राखे ।
प्रतिक्रिया 4