+
+

प्रमोद र मलिका अभिनित नाटक ‘पगला घोडा’ पुस १२ देखि मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १४:५८

काठमाडौं । पुस १२ गतेदेखि मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुने जनाइएको छ । शनिबार भने दुई शो हुनेछ ।

भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटकलाई नेपाली भाषामा अनुवाद गरी मञ्चन गर्न लागिएको हो । नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् ।

पछिल्लो समय विभिन्न कारणले आत्महत्या गर्ने युवाको विषयवस्तुलाई प्रस्तुत गरेर समाजमा चेतना जगाउने उद्देश्यले नाटक मञ्चन गर्न लागिएको श्रेष्ठले बताए ।

नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायतको अभिनय रहनेछ । सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् । ‘पगला घोड’को नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?