+
+

वेब-सिरिजको रुपमा नाटक ‘यौटा सपनाको अवसान’को स्ट्रिमिङ आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते १२:०१

काठमाडौँ । मञ्चन भैसकेको नाटक ‘यौटा सपनाको अवसान’ नयाँ वर्षको अवसर पारेर शनिबारदेखि वेब-सिरिजको रुपमा स्ट्रिमिङ सुरु भएको छ ।

कान्तिपुर सिनेमाज्मा दर्शकले यो सिरिज हेर्न पाउनेछन् । निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले शुक्रबार ट्रेलर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका थिए ।

यसअघि मण्डला थिएटरमा मंचन भैसकेको अनुप बराल निर्देशित चर्चित नाटक ओटीटीमा आएको हो । ट्रेलरमा सिरिजका मुख्य कलाकार दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाईँ अटाएका छन् ।

नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए । यो नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ ।

१ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको नाटकमा दीया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकास जोशी, शेखर चापागाईंको मुख्य अभिनय छ ।

नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?