+
+

तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव आगामी वर्षको चैतमा, यसरी मनाइयो रंगमञ्च दिवस (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १२:१५

काठमाडौं । तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव आगामी वर्षको चैत ३ गतेदेखि १४ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । विश्व रंगमञ्च दिवसको अवसरमा बुधबार मण्डला नाटकघरमा आयोजित समारोहमा महोत्सवको घोषणा भएको हो ।

महोत्सवका लागि वैशाखदेखि आवेदन आह्वान गर्ने तयारी छ । ‘सामाजिक रुपान्तरणको लागि रंगमञ्च : रैथाने ज्ञानको उत्सव’ नारासहित महोत्सव हुन लागेको हो । महोत्सव संयोजकमा नाट्यकर्मी केदार श्रेष्ठ छन् । रंगमञ्च दिवसकै छेकोमा आयोजना हुन लागेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रय नाटक मञ्चन हुनेछन् ।

असार महिनामै मण्डला नाटकघरले ‘मण्डला आल्मुनाई ड्रामा फेस्टिभल’ समेत आयोजना गर्दैछ । मण्डलाबाट प्रशिक्षित नाट्यकर्मीले मात्र यो फेस्टिभलमा नाटक मञ्चन गर्न सक्ने जनाइएको छ ।

विश्व रंगमञ्च दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बन्न लागेको संस्कृति नीतिमा नाट्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए ।

नाट्य क्षेत्रलाई उत्साहित रुपमा अघि बढाउन सरकार सहयोग गर्न तयार रहेको उनले बताए । उक्त अवसरमा प्राध्यापक अभि सुवेदीले रंगकर्मबारे धारणा राखेका थिए । अघिल्ला महोत्सवको समीक्षात्मक पक्ष समेटिएको पुस्तक पनि उक्त अवसरमा सार्वजनिक गरिएको थियो ।

उक्त अवसरमा सन् २०२३ मा साहित्यतर्फ नोबेल पुरस्कार जितेका नर्वेली लेखक तथा उपन्यासकार जोन फोसले पठाएको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो । नेपाली रंगमञ्चको चुनौती र सम्भावनाबारे अनुप सुवेदी, पुष्कर गुरुङ, सरस्वती चौधरी र सुशीला तामाङबीच विमर्श समेत भएको थियो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?