+
+

भारतमा विधानसभा निर्वाचन : प्रारम्भिक गणनामा भाजपा अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते ९:५८

२६ फागुन, काठमाडौं । भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ ।

उत्तरप्रदेश, गोवा, मणिपुर, उत्तराखण्डमा भाजपाले अग्रता कायम राखेको छ । पन्जाबका तीन सिटमा भने आम आदमी पार्टी अगाडि देखिएको भारतीय मिडियाले जनाएका छन् ।

युपीका ४०३ विधानसभा सिटको परिणाम आजै आउने छ । मत सर्वेक्षणमा उत्तर प्रदेशमा भाजपा सबैभन्दा ठूलो दल बन्ने सार्वजनिक गरिएको थियो । अखिलेश यादव नेतृत्वको सपा पनि टक्करमा आउने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?