+
+

पन्जाबमा आम आदमीको सरकार बन्ने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १०:३२
आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल

२६ फागुन, काठमाडौं । भारतको पञ्जाबमा आम आदमी पार्टी (आप) नेतृत्वको सरकार बन्ने संकेत देखिएको छ ।

विधानसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा आम आदमीले पन्जाबका ११७ सिटमध्ये ८९ सिटमा अग्रता लिएको छ । यो रुझानले आम आदमीले दिल्लीपछि पन्जाबमा पनि सरकार बनाउने संकेत देखिएको हो । यही अवस्था कायम रहे आपले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।

यसअघि पन्जाबमा कांग्रेसको सरकार थियो । यस निर्वाचनमा कांग्रेस १३ सिटमा अगाडि देखिएको छ । भाजपाले जम्मा ५ सिटमा अग्रता लिएको छ ।

उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने अन्य दलहरुभन्दा भाजपा अगाडि छ ।

उत्तरप्रदेशमा भाजपासहितको गठबन्धन २४८, समाजवादी पार्टी (सपा) गठबन्धन १०८, कांग्रेस ८, बसपा ८ र अन्य दल ४ सिटमा अगाडि छन् ।

उत्तराखण्डमा भाजपा ४०, कांग्रेस २६, आम आदमी १ र अन्य पार्टी ३ सिटमा अगाडि छन् ।

गोवामा भाजपा २०, युपीए गठबन्धन १३, टिएमसी ४, आम आदमी १ र अन्य २ सिटमा अगाडि छन् ।

मणिपुरमा भाजपा २६, कांग्रेस १३, एनपीएफ ७, एनपीपी ५ र अन्य दल ९ सिटमा अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?