+
+

नयनराज पाण्डेको उपन्यास ‘लू’माथि फिल्म बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १६:४१

२६ फागुन, काठमाडौं । साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि फिल्म बन्ने भएको छ । कारो फिल्म्सले पुस्तकको सर्वाधिकार खरिद गर्दै यसमाथि फिल्म बनाउन लागेको हो ।

कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेल र लेखक पाण्डेबीच बुधबार सर्वाधिकार खरिदसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । फिल्मको पटकथा स्वयं साहित्यकार पाण्डेले नै लेख्ने भएका छन् ।

इन्टरनेट कम्पनी क्लासिक टेकको सहायक संस्था कारो फिल्म्सले यही फिल्ममार्फत निर्माणमा हात हाल्न लागेको हो । कारो फिल्म्सले आगामी दिनमा वेब सिरिज निर्माणलाई पनि अघि बढाउने भएको छ ।

सम्झौतापछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले भनिन्, ‘आगामी दिनमा नेपाली फिल्मलाई नयाँ उचाइमा लैजाने हाम्रो उद्देश्य छ ।’ यसअघि पाण्डे लिखित दुई अन्य उपन्यास ‘उलार’ र ‘सल्लीपिर’माथि पनि फिल्म बनाउने कुरा थियो, तर निर्माण कार्य अघि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?