+
+

थप ७७ जनामा कोरोना संक्रमण, १८१ जना निको

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १५:५६

२७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ५ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने १०४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ७४१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६० हजार ६६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?