
काठमाडौं । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को खानेपानी महसुल अब इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सु्भास सापकोटा र केयूकेएलका कामु उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले भुक्तानीसम्बन्धी सम्झौतामापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ठिामी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, बानेश्वर, महांकालचौर, ललितपुर, महारागंज शाखाका ग्राहकले इसेवाबाटै महसुल भुक्तानी गर्न सकिन्छ । यसले आम खानेपानी ग्राहकको ठूलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौं खानेपानी समितिहरुको खानेपानी महसुल समेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ ।
इसेवा प्रयोगकर्ताले मोबाइलबाटै सिधै अनलाइनबाट सिधै शुल्क भुक्तानी गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्ट मार्फत रकम भुक्तानी गर्न सकिन्छ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको इसेवाले जनाएको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।
प्रतिक्रिया 4