+
+

‘पीर’ विवादको मौका पारेर माओवादीलाई सत्तोसराप गर्नु गलत : दीपकराज गिरी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १२:२२
कलाकार दीपकराज गिरी । फाइल तस्वीर

१ चैत, काठमाडौं । कलाकार दीपकराज गिरीले प्रकाश सपुतको गीत विवादको मौका पारेर केही व्यक्ति कुनै एक पार्टीप्रति खनिनु गलत भएको बताएका छन् । केही मानिसहरु प्रकाश सपुतको ‘पीर’ गीत विवादपछि मौका यही हो भन्दै माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको उनले बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दीपकले प्रकाश सपुतको ‘पीर’ गीत यथार्थसँग नजिक र मनछुने रहेको, तर यही मौकामा केही मानिसहरु पूर्वाग्रह राखेर माओवादीमाथि खनिएको उल्लेख गरेका छन् । तर गीत बन्द गर्न दबाब दिनु चाहिं गलत भएको उनको भनाइ छ ।

दीपकले नेपालका जुनसुकै राजनीतिक दलमा पनि केही मानिसको रजाइँ र केही मानिसको बिजोग अवस्था रहेको बताएका छन् ।

दीपकले लेखेका छन्, पीर गीत असाध्यै राम्रो, मलाई पनि छोयो, धेरैलाई छोएको हुनुपर्छ ।तर केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखें । कुन चाहिं पार्टीमा केही मानिसको रजाइँ र केही मानिसको हरिबिजोग छैन ? कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ? उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने ? हो गीत बन्द गर्न दबाब चाहिं दिनु गलत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?