+
+

२८ वर्ष लागिन् आलिया, जन्मदिनमा ‘ब्रम्हास्त्र’को फस्टलुक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १२:३३

१ चैत, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट मंगलबार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी मंगलबारदेखि २८ वर्ष लागेकी छन् । अभिनय करिअरमा आलियाले १५ फिल्ममा लिड रोल गरिन्, जसमा १० फिल्म हिट र दुईवटा फ्लप रहे ।

यसैमहिना रिलिज भएको उनी अभिनित ‘गंगुबाई काठियावाडी’ करोड क्लबमा प्रवेश मात्र गरेन, उनको अभिनयले धेरैको मन जित्यो । यस वर्ष उनीमाथि ९०० करोड भारुको दाउ लगाइएको छ । जसमा ८ फिल्ममा सय करोड र २ फिल्ममा २०० करोड भारु लगानी छ ।

सन् १९९९ मा रिलिज भएको फिल्म ‘संघर्ष’ उनी पहिलोपटक बाल कलाकारको रुपमा डेब्यु गरेकी थिइन् । १८ वर्षको उमेरमा ‘स्टुडेन्ट अफ दी इयर’बाट लिड एक्ट्रेसको रुपमा उनी प्रस्तुत भइन् । जन्मदिनको अवसरमा मंगलबार उनी अभिनित फिल्म ‘ब्रम्हास्त्र’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आशा पात्रको रुपमा आलियाको फस्टलुक देख्न सकिन्छ ।

फक्स स्टार स्टुडियोले निर्माण गरेको यो फिल्मलाई आयन मुखर्जीले निर्देशन गरेका हुन् । यो फिल्मलार्ई सन् २०२२ को सेप्टेम्बर ९ मा रिलिज गर्ने तयारी छ । नेपालमा समेत आलियाका फिल्मले राम्रो कमाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?