+
+

भारत र पाकिस्तानलाई चीनको आग्रह : वार्ता गरेर विवाद मिलाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १२:४३

१ चैत, काठमाडौं । चीनले भारत र पाकिस्तानलाई वार्तामार्फत् मिसाइल प्रहार भएपछि उत्पन्न विवाद समाधान गर्न आग्रह गरेको छ ।

चीनले भारतबाट भूलबस क्षेप्यास्त्र प्रहार गरिएको घटनापछि उत्पन्न विवादलाई सिधै कुराकानी गरेर समाधान गर्न आग्रह गरेको हो । भारत र पाकिस्तानबीच अन्य विवाद समेत वार्तामार्फत् समाधान हुनु पर्ने चीनको भनाइ छ ।

‘हामीले सम्बन्धित मुलुकलाई चाँडो भन्दा चाँडो वार्ता एंव छलफल गर्न आग्रह गर्छौं’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने । मिसाइल जस्ता संवेदनशील विषयमा भारत र पाकिस्तानले सूचना आदान-प्रदान बढाउनु पर्ने पनि उनको भनाइ थियो ।

त्यस्तै, चीनले प्राविधिक गडबडीका कारण भारतबाट भएको मिसाइल प्रहारको घटनाबारे संयुक्त छानबिन हुनुपर्ने पाकिस्तानको मागलाई समर्थन गरेको छ ।

दक्षिण एसियामा भारत र पाकिस्तान महत्वपूर्ण मुलुक भएको भन्दै क्षेत्रीय सुरक्षा एवं स्थिरता कायम गर्ने दुबै मुलुकको जिम्मेवारी भएको पनि लिजियानको भनाइ थियो ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले समेत मिसाइल प्रहार भएपछि उत्पन्न विवादलाई भारत र पाकिस्तानले वार्ता गरेर हल गर्नु पर्ने बताएका छन् ।

‘गम्भीर विषयमा भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ता हुनुपर्ने कुरालाई हामीले सँधै समर्थन गर्छौं’, अमेरिकी अधिकारीलाई उदृत गर्दै डन डटकमले लेखेको छ ।

भारतले एक हप्ताअघि पाकिस्तानमा मिसाइल प्रहार गरेको थियो । कुनै वार हेड (विस्फोटक पदार्थ) नभएका कारण मिसाइलबाट पाकिस्तानमा कुनै क्षति भएको थिएन ।

भूलवश पाकिस्तानमा मिसाइल प्रहार भएको भन्दै भारतले क्षमा मागिसकेको छ । तर पाकिस्तानले भने संयुक्त रुपमा उक्त घटनाको छानबिन हुनुपर्ने माग गरिरहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?