 
																			१ चैत, काठमाडौं । विभिन्न प्रकारका एप्समार्फत डलरको अवैध कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
मोरङको रतुवामाई नगरपालिका-७ का पुस्कर कार्की र बिनिता लिम्बुविरुद्ध ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
उनीहरुले एपमार्फत डलरको अवैध कारोबार गरी क्रिप्टोकरेन्सीमा लगानी गरेको विभागको दाबी छ । आरोपितहरुले बाइनान्स, क्वाइनबेस, प्याक्सफूल जस्ता मोबाइल एपको माध्यमबाट नगद लोड तथा अनलोड गरी अवैध रुपमा अमेरिकी डलरको सटही गरेको विभागले जनाएको छ ।
आरोपित श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार, एनआईसी एसियाबाट २ करोड ३६ लाख ६२ हजार समेत गरी कुल ७ करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबारका थिए भने बिनिता लिम्बूले एनआईसी एसिया बैंकबाट २ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको विभागको दाबी छ ।
विभागले आरोपितहरुलाई ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको बिगो रकम जफत गर्न र ३ वर्षसम्म कैद सजाय माग गरेर मुद्दा अदालतमा बुझाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4