+
+

पछि हट्यो महानगर, वसन्तपुरमा मापदण्ड विपरीतका संरचना नबन्ने

रासस रासस
२०७८ चैत १ गते १४:०४

१ चैत काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाडौँ महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ ।

महानगर उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको अनुगमन समितिले अनुगमन गरी संरचना भत्काएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो । विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए ।

महानगरपालिकाले राति राति काम गरेर पुरातात्विक मापदण्ड विपरीत काम गरेको सम्पदा बचाउ अभियानकर्मी गणपतिलाल श्रेष्ठले बताए । महानगर उपप्रमुख श्रेष्ठको नेतृत्वमा आज अनुगमन गरेपछि विभागका महानिर्देशक दामोदर गौतमको कार्यकक्षमा बसेको सरोकार भएका निकायको बैठकले मापदण्ड विपरीतका संरचना भत्काउने निर्णय गरेको थियो । निर्णयबमोजिम महानगरीय प्रहरी वृत्त जनसेवाको समेत सहभागितामा ती संरचना हटाइएको हो ।

संरचना हटाउन युनेस्को, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतका निकायले पनि पत्राचार गरेका थिए । मापदण्ड विपरीतका संरचना निर्माणका विषयमा वसन्तपुर दरबार क्षेत्रका चारवटै वडा र महानगरपालिकाकै हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई जानकारी गराइएको थिएन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?