+
+

वसन्तपुरको होलीमा नेपालीसँगै विदेशी पनि रंगिए (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० चैत ११ गते १३:२४

११ चैत, काठमाडौं । फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ ।

साथी र आफन्तबीच आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा पनि दिन्छ ।

काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ । यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् ।

सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?