+
+

दरबारमार्गमा ‘क्यूएफएक्स दरबार मल’ सिनेमा हल सञ्चालनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १२:५४

२ चैत, काठमाडौं । क्यूएफएक्स सिनेमाजले दरबारमार्गको दरबार मलस्थित फिल्म हल सञ्चालनमा ल्याउने भएको छ । क्यूएफएक्सका सीईओ रोशन अडिगा र गुण ग्रुपको तर्फबाट निर्देशक दिप्रस शाक्यबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

दरबारमार्गमा आउने भीआईपी दर्शकलाई लक्षित गर्दै सञ्चालनमा ल्याउन लागिएको ‘क्यूएफएक्स दरबार मल’ मल्टिप्लेक्समा ५० र ५५ सिट क्षमताका दुईवटा अडिटोरियम छन् ।

यो हल नेपालकै अत्याधुनिक हल हुने क्यूएफएक्सका निर्देशक नकिम उद्दिनले अनलाइनखबरलाई बताए । निर्माण सम्पन्न भइसकेको हललाई केही सातामै सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।

दर्शकले सोफामा बसेर फिल्म हेर्न सक्नेछन् । निर्देशक उद्दिनका अनुसार भारतको पीभीआर स्ट्यान्डर्डकै सुविधा यो हलमा उपलब्ध हुनेछ ।

उक्त हलको निर्माण चाहिं गुण ग्रुपले गरेको हो । सुरुवातमा गुणले सञ्चालन गर्ने भनिएपनि क्यूएफएक्सलाई हस्तान्तरण गरिएको हो । योसँगै मुलुकभर क्यूएफएक्सको कुल फे्रन्चाइज संख्या ११ पुगेको छ ।

क्यूएफएक्सले वीरगञ्जमा पनि चाँडै हल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?