
३ चैत, काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् ।
बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव नहुने हल्लाबारे चासो राखेका थिए । ‘हामी पूरै तागत लगाएर गइसक्यौं, तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला चलिराख्छ भन्दा प्रधानमन्त्रीजीले बढो सहज ढंगले चुनावको दिन भोट हाल्ने दिन पनि भइराख्छ । नेपाल यस्तै हो भन्नुभयो, ‘ बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भनेका छन् ।
स्थानीय तहको निर्वाचन तोकिएकै मिति ३० वैशाखमै हुने उनले बताए । उनले भने, ‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, त्यसमा कुनै कन्फ्युन नराख्न आग्रह गर्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4