+
+

युएईविरुद्ध नेपालको बलियो सुरुवात, सोमपालले लिए तीन विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १२:१५
सोमपाल कामी । फाइल तस्वीर

४ चैत, काठमाडौं । आईसीसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती १० ओभर (पावर प्ले)मा ३ विकेट गुमाएर ३५ रन जोडेको छ । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे ।

चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्फत विकेटकिपर आरिफ शेखको हातबाट क्याच आउच गराएका सोमपालले ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा पारे ।

युएईका युवा ब्याटर अरविन्दले अघिल्लो महिना आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाललाई हराउन ४६ रनको सानदार पारी खेलेका थिए ।

९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिमले २१ रन बनाए ।

११ ओभरको समाप्तिमा युएईले ३७ रन बनाएर ४ विकेट गुमाएको छ । ११औं ओभरको तेस्रो बलमा करण केसीले आसिफ खानलाई आउट गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?